३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 5:56 am
Banner

नागरिकता विधेयकमाथि छलफल गर्न प्रधानमन्त्रीसहित कांग्रेस पदाधिकारी शितल निवासमा

सूचना प्रेस २०७९ भदौ १३ सोमबार ००:००, १५:५२ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आफ्ना पदाधिकारीसहित नागरिकता विधेयकबारे राष्‍ट्रपतिसँग छलफल शुरुभएको छ । प्रधानमन्त्री देउवा काठमाडौंमा उपलब्ध पार्टी पदाधिकारीसहित केहीबेरअघि शितल निवास पुग्नुभएको हो ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे १५ बुँदै सन्देशसहित प्रतिनिधि सभामा पठाउनुभएको थियो । तर, प्रतिनिधि सभाले पर्याप्त छलफल नगरी जस्ताको त्यस्तै पारित गरेको छ। अहिले सो विधेयक राष्ट्रसभामा छ। आइतबार राष्ट्रिय सभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।

नागरिकता विधेयकमा वर्तमान गठबन्धन तत्काल प्रमाणीकरण गर्ने पक्षमा छन् भने प्रतिपक्ष दल एमाले त्यसको विरोधमा छ।

नागरिकता विधेयक प्रमाणीकरणका लागि आफूकहाँ जस्ताको त्यस्तै आउने भएपछि राष्ट्रपति थप छलफलमा जुटनुभएको हो ।