१ जेष्ठ २०८३, शुक्रबार 1778884952
Banner

रौतहटमा चट्याङ लागेर तीन महिलाको मृत्यु

काठमाडौं । रौतहटमा चट्याङ लागेर तीन महिलाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।

गरुडा नगरपालिका–३ मलाहिटोल गाउँ छेउमा खेतमा काम गर्ने क्रममा चट्याङ लागेर उनीहरुको आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

मृत्यु हुनेहरूमा मलाही गाउँकै ३९ बर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेका छन्। अन्य चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको मल्लले जानकारी दिए।