१० मंसिर २०८१, सोमबार 1732573598
Banner

निर्णायक भनिएको गठबन्धनको बैठकमा १२ घण्टा छलफल गर्दापनि कुरा मिलेन

काठमाडौं । निर्णायक भनिएको गठबन्धनको बैठक बिना निश्कर्ष टुंगिएको छ । सिटबाँडफाँडमा सहमति जुटन नसकेपछि १२ घण्टासम्म बसेको बैठकमा कुनै ठोस निष्कर्ष निस्किएन ।

बैठकमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले ८६ सिटमा लचकता अपनाउने तर लोसपा र राजेन्द्र महत्तोलाई पनि संगै लिएर जाने प्रस्ताव राखेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बामदेव र बाबुरामलाई पनि सिट छाडनुपर्ने प्रस्ताव राखेको वरिष्ठ नेता रामचन्द्र पौडेल र गगन थापाले असहमति जनाएको एक नेताले बताएका छन् ।

नेपाली कांग्रेसले आगामी निर्वाचनमा ९० भन्दा तल सिट नझर्ने बताएको छ । अन्य दलहरुले भने त्यसमा सहमति जनाएका छैनन् ।

नेताहरूले आआफ्नो अडान नछाडे‍पछि बिहीबारको बैठक बिना निश्कर्ष टुंगिएको हो ।