२७ भदौ २०८३, शनिबार 1789252219
Banner

राष्ट्रिय सभामा आजपनि नागरिकता विधेयकमा छलफल हुने

काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफल राष्ट्रियसभाको शुक्रबार पनि जारी रहने भएको छ।

राष्ट्रियसभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन बिहीबार पेश भएको थियो।

बिहीबारको बैठकमा सांसदको बोल्ने क्रम नसकिएकाले शुक्रबारको बैठकमा पनि छलफल जारी रहनेभएको हो। अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अपराह्न २ बजे बैठक बोलाउनुभएको छ ।