२ जेष्ठ २०८३, शनिबार 1778910438
Banner

महाभियोग सिफारिस समितिको बैठक बस्दै

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ ।

यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो । बिहीबार बसेको समितिको बैठक २ घण्टा मात्र चलेको थियो । समितिका सदस्यहरुको कार्य व्यस्तताको कारण २ घण्टा बसेर सकिएको थियो ।

महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर विष्टले जबरालाई सोधिने प्रश्नहरू बाँकी रहेकाले भदौ १९ गते ११ पुनः बयान हुने जानकारी दिएका थिए।

बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन् । प्रश्नहरू लामो भएकाले समय लागको बताइएको छ ।

तर जबराले प्रश्नको उत्तर दिने क्रममा संसद्, सहकर्मी न्यायाधीशमाथि उल्टै आरोप लगाएका छन् ।