७ जेष्ठ २०८३, बिहिबार 1779397337
Banner

सत्ता गठबन्धन सिट बाँडफाँड समितिको बैठक आजपनि बस्दै

काठमाडौं– पाँच दलीय सत्ता गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि बनेको सिट बाँडफाँट समिति बैठक आज (सोमबार) बस्दैछ। आइतबार बसेको बैठकले छिट्टै सिट बाँडफाँट टुङ्याउने भन्दै बैठक आजका लागि राखेको हो।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने गरी तयारी गर्न निर्देशनसमेत दिएको छ।

बैठकले गठबन्धनका दलबीच आगामी निर्वाचनका लागि सिट बाँडफाँटको टुङ्गो दुई दिनभित्र लाग्नेगरी छलफल अघि बढेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

गठबन्धनको कार्यदलको बैठक आज दिउँसो १ बजे बस्ने र लगातार बैठक बसेर सहमतिका साथ दुई दिनभित्र सबै विषय शीर्ष नेतृत्वसमक्ष पेस गर्ने कार्कीको भनाइ छ।