१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 5:25 am
Banner

असोज १ गतेबाट दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने

सूचना प्रेस २०७९ भदौ २२ बुधबार ००:००, १७:१० बजे १ मिनेट पढाइ

काठमाडौंः दसैंलाई मध्येनजर गर्दै असोज १ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागले असोज १ देखि बसको अनलाइन टिकट बुकिङ खुला गर्ने जनाएको हो । यातायात व्यवसायी र विभागबीच छलफलले चाडपर्वलाई लक्षित गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातको असोज १ गते शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथासक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउनुपर्नेछ । अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरहरूसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्नेरगराउने निर्णय भएको विभागका निर्देशक ईश्वरी दत्त पनेरुले जानकारी दिए ।