७ जेष्ठ २०८३, बिहिबार 1779419801
Banner

बेलायती महारानी एलिजावेथको निधनमा नेपालमा ३ दिन शोक मनाइने मन्त्रिपरिषदको निर्णय

काठमाडौं – सरकारले बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनमा ३ दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथ द्धितीयको गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ ।

दिवंगत महारानीको सम्मानमा यही भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ।

बेलायतकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा हिजो (भदौ २३ गते) निधन भएको थियो। उहाँको निधनप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ।

सरकारले दुःखद घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।