चेङ्दु – चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लुडिङ काउन्टीमा सोमबार आएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८८ पुगेको छ भने ३० जना अझै बेपत्ता छन्।
बिहीबार दिउँसोसम्म मृत्यु हुनेमध्ये ५० जना गान्जी तिब्बती स्वायत्त प्रान्तका र ३८ जना यान सहरका रहेको बताइएको छ।
चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार गान्जीको लुडिङ काउन्टीमा दिउँसो १२ बजेर ५२ मिनेटमा सोमबार भूकम्प गएको हो।