१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 5:37 am
समाचार

लडेर गर्भवती महिलाको मृत्यु

सूचना प्रेस २०७९ भदौ २७ सोमबार ००:००, १२:०५ बजे १ मिनेट पढाइ

घाँस काट्ने क्रममा लडेर तनहुँकी एक गर्भवती महिलाको आइतबार साँझ मृत्यु भएको छ । ऋषिङ्ग गाउँपालिका –३ सोलुङ्ग निवासी २४ वर्षीया दरिमाया थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकको खरबारीमा घाँस काट्ने क्रममा लडेर घाइते हुनु भएको थापाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताउनुभयो । 

शनिबार ५:३० बजे थापा लडेर घाइते भएपछि उपचारको लागि दमौली अस्पतालमा ल्याइएको उहाँले जानकारी दिनुभयो । मृतक थापाको पेटमा ७ महिनाको गर्भ रहेको प्रहरीले जनाएको छ ।