२० कार्तिक २०८३, शुक्रबार Saturday, 7 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 12:38 am
Banner

प्रधानमन्त्री देउवासँग अध्यक्ष लीको भेटवार्ता

सूचना प्रेस २०७९ भदौ २८ मंगलबार ००:००, १७:४९ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही बेरअघि देखि शिष्टाचार भेटवार्ता सुरु भएको हो । सोमबार नेपाल भ्रमणमा आउनुभएका अध्यक्ष ली ले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गर्नुभएको थियो । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि आजै अध्यक्ष ली ले शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।