२२ कार्तिक २०८१, बिहिबार 1730989234
Banner

राष्ट्रपतिद्वारा ६८१ जनाको कैद कट्टा, २१ जनाले पाए सजाय माफी

काठमाडौं – सरकारले विभिन्न मुद्दाका ७०२ जनाको सजाय माफी गरेको छ । भदौ ३१ गते बसेको मन्त्रिपरिषदको बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतका आदेशहरुका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका ६८१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद मिनाहा गर्नु भएको हो । 

पासाङ शेर्पा समेतका २०३ जना र इन्द्र कुमार लिम्बुसमेतका ४७८ गरी कुल जम्मा ६८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय मन्त्रिपरिषद्को मिति २०७९/५/३१ को बैठकको सिफारिसमा मिति २०७९/६/३ गते देखि लागु हुने गरी संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसको अवसरमा माफी मिनाहा  भएको छ,’ प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, विभिन्न फौजदारी मुद्दा लागेका २१ जनाको कैद सजाय मिनाहा गरिएको छ । यससँगै ७०२ जनाको सजाय माफी गरिएको हो ।