काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सरकारले राज्य संयन्त्रको चरम दुरुपयोग गरेको बताउनु भएको छ ।
सोमबार पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको बैठकलाई सम्बोधन गर्दै नेता ज्ञवालीले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएर कामकाज गराउन रोक लगाएको भन्दै आपत्ति जनाउनु भएको हो ।
उहाँले जबराविरुद्ध लगाएको महाभियोगमाथि ६ महिनासम्म छलफल नगरेको प्रति पनि असन्तुष्टि जनाउनु भयो । उहाँले वरियतामा चौथो नम्बरमा रहेका प्रधानन्यायाधीशको अवस्था यस्तो रहेको भन्दै जनताको कस्तो होला भनी प्रश्न गर्नुभयो । उहाँले गठबन्धनसँग सत्ताको भागबण्डा र मिलीजुली खाने बाहेक अरु कुनै एजेण्डा नभएको दाबी गर्नुभयो ।