९ मंसिर २०८१, आइतबार 1732449502
Banner

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन एमाले पनि निर्वाचन आयोगमा

काठमाडौं – नेकपा एमालेका नेताहरु आसन्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोगमा पुगेका छन् ।

एमालेका तर्फबाट समानुपातिक तर्फको बन्द सूची बुझाउन एमाले निर्वाचन आयोग विभागका उपप्रमुख नीरज आचार्यसहितको टोली आयोग पुगेको हो ।

उहाँले केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसारको बन्द सूचि तयार पारिएको बताउनु भयो ।

आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ ।