७ जेष्ठ २०८३, बिहिबार 1779397561
Banner

कपनको आगलागीमा परी ३ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कपनमा आगलागीमा परी तीन जनाको मृत्यु भएको छ। बुधबार बेलुकी पौने ७ बजे कपनको एक घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताउनुभयो ।

उक्त घरमा रहेको अक्सिजनका ग्यास सिलिन्डरहरू पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ। घरमा ट्रेकिङ कम्पनीको कार्यालय भएकाले अक्सिजन सिलिन्डरहरू राखिएको बताइएको छ।

मृतकको पहिचान खुलेको छैन। उनीहरूलाई टिचिङ अस्पताल महाराजगन्ज लगिएको छ। त्यस्तै अरू पनि केही घाइते भएका छन्। उनीहरूलाई पनि टिचिङ अस्पतालमा उपचारका लागि लगिएको छ। कति व्यक्ति घाइते भएका छन् भन्ने यकिन नभइसकेको प्रहरीले जनाएको छ।