३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:11 am
राजनीति

युरोपेली संसदीय प्रतिनिधिमण्डल काठमाडौंमा

सूचना प्रेस २०७९ आश्विन ६ बिहिबार ००:००, १५:५२ बजे १ मिनेट पढाइ

काठमाडौं – युरोपेली संसदीय प्रतिनिधिमण्डल दुई दिने नेपाल भ्रमणमा आइपुगेको छ ।

नेपालको संविधान २०७२ जारी भएयता यहाँको संघीय लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा भइरहेको प्रगातिका विषयमा जानकारी लिन युरोपेली संसदकी उपाध्यक्ष इभेलिन रेग्नर नेतृत्वको चार सदस्यी टोली नेपाल आइपुगेको हो ।

युरोपेली संसदको भ्रमण टोलीमा अष्ट्रियाबाट रेग्नर, जर्मनीबाट उलरिक मुलर, म्याक्सिमिलियन केराह र चेक रिपब्लिकबाट टमस जेचोभस्की छन् ।