७ मंसिर २०८१, शुक्रबार 1732293711
Banner

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले सही गर्नुभयो : भद्रकुमारी घले (भिडियो अन्तरवार्ता)

काठमाडौं । पुर्व मन्त्री एवं पूरानो राजनीतिज्ञ ९२ वर्षीया भद्रकुमारी घलेले राष्ट्रपति विद्यादेवी भण्डारीमाथी घोर अपमान भएको बताउनुभएको छ । उहाँकै निवास मैतिदेवीमा सूचनाप्रेससँग संवाद गर्नुहुँदै पुर्वमन्त्री घलेले संसदको दुवै सदनबाट पारित भएको नागरिकता विधेयकका यी बुँदामा अध्ययन गर्नु भनेर राष्ट्रपतिले दिएको सुझाबको सरकारले बेवास्ता गरेर राष्ट्रपतिको अपमान गरेकोे उहाँको तर्क थियो । राष्ट्रपतिको सम्मानका लागि गठबन्धनका नेताहरुले नागरिकता विधेयकमा बलजफती गर्न नहुने उहाँको धारणा थियो । राष्ट्रपतिलाई कोक्रोको नानी बनाउन खोज्नेलाई राष्ट्रपतिले सहि जवाफ दिनुभएको घलेले बताउनुभयो । नेताहरुले कानुन जान्ने तर राष्ट्रपति केही नजान्ने ठानेकाले पनि उहाँले यस्तो कदम उठाएको घलेले बताउनुभयो । पहिलो महिला राष्ट्रपतिले बोल्ड कदम चाल्दा आफुलाई निकै नै खुसीलागेको पुर्वमन्त्री घलेको भनाइ थियो ।

पञ्चायतकालमा सिन्धुलीबाट ५ पटक राष्ट्रिय पञ्चायत सदस्य (हालको सांसद) निर्वाचित हुनुभएकी भद्रा घले राजपरिषद स्थायी समितिको सदस्य समेत रहनुभएको थियो। पछिल्लो समय कुनै राजनीतिक दलमा नरहनुभएको घलेले अहिलेका नेताहरुमा केपी ओलीलाई क्षमतावान नेता मान्नुहुन्छ ।

ओलीको नेतृत्वमा फेरि मुलुकले बहुमतको सरकार प्राप्त गर्ने भन्दै घलेले ओलीमा नेतामा हुनुपर्ने गुण भएको बताउनुभयो । नागरिकता विधेयकमा राष्ट्रपतिको निर्णय ? राष्ट्रपतिले राजीनामा दिनु ठिक हो कि होइन ? राष्ट्रपतिको पद सकिएपछि राष्ट्रपति राजनीतिमा आउनु सही छ कि छैन ? र मंसिर ४ गते हुने चुनावमा केन्द्रित रहेर ९२ बर्षिय सक्रिय पुर्वमन्त्री घलेसँग गरिएको भिडियो अन्तरवार्ता