२२ कार्तिक २०८१, बिहिबार 1731011505
Banner

शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै शेखर कोइराला पक्षले आज खबरदारी भेला गर्दै

काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै शेखर कोइराला पक्षले असन्तुष्टि जनाएको छ ।

सम्मानजनक रुपमा टिकट वितरणका लागि कोइराला पक्षले सभापति देउवालाई दबाब दिने निर्णय पनि गरेको छ ।

शेखर कोइराला समूहले आज काठमाडौंमा छुट्टै भेला आयोजना गर्न लागेको हो। दिउँसो १ बजे थापागाउँ स्थित एक बैंक्वेटमा हुने कार्यक्रममा टिकट बाँडफाँटमा समूहगत हिसाबले भेदभाव हुन नदिन खबरदारी गर्ने कोइराला पक्षको तयारी छ ।

गठबन्धनसँग प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले कम्तिमा १ सय सिट लिनुपर्ने दाबी गर्दै आएको कोइराला समूहले आफूहरुले कम्तिमा ४० प्रतिशत पाउनुपर्ने माग गर्र्दै आएको छ।