२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 6:07 am
Banner

लोसपाका सचेतक अरगरिया एमाले प्रवेश, अध्यक्षद्धारा स्वागत

सूचना प्रेस २०७९ आश्विन ८ शनिबार ००:००, १९:५६ बजे १ मिनेट पढाइ

जनकपुर – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

शनिबार धनुषाको विदेह नगरपालिकास्थित तीनकौरिया चोकमा आयोजित विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा नेता अगरिया आफ्ना समर्थकसहित एमाले प्रवेश गर्नुभएको हो ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अरगरियालाई पार्टीमा स्वागत गर्नुभयो। अगरिया प्रतिनिधि सभाका निवर्तमान सदस्य एवं लोसपा सचेतक पनि हुनुहुन्थ्यो ।