१ जेष्ठ २०८३, शुक्रबार 1778891031
Banner

निर्वाचन आयोगले तोक्यो प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्न समय

काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन पत्र दर्ता गर्न यही असोज २३ गते, आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ।

प्रवक्ता पौडेलले सामाजिक सञ्जालमा लेख्दै यसबारे जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष निर्वाचन तर्फको मनोनयन पत्र दर्ता गर्ने दिन यही आश्विन २३ गते आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र रहेको व्यहोरा सबैको जानकारीका लागि अनुरोध गर्दछु।’