२३ कार्तिक २०८१, शुक्रबार 1731091595
Banner

यी हुन् लुम्बिनी प्रदेशका एमाले उम्मेदवार (सूचीसहित)

काठमाडौं – नेकपा एमालेले लुम्बिनी प्रदेशको पूर्वी रुकुमबाहेक सबै जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । जसपा र राप्रपासँग तालमेल हुने क्षेत्र छुट्याएर एमालेले टिकट वितरण गरेको हो ।

एमालेले रुपन्देही-१ बाट पार्टी सचिव छवीलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ । प्रदेशसभा तर्फ (क) तालमेलका लागि छुट्याइएको छ । (ख) बाट दधिराम न्यौपानेले टिकट पाउनुभएको छ ।

रुपन्देही–२ बाट विष्णुप्रसाद पौडेल उम्मेदवार बनाएको छ । प्रदेशसभा तर्फ (क) लिला गिरि र (ख) भोजप्रसाद श्रेष्ठले टिकट पाएको छ ।

रुपन्देह–३ मा राप्रपाका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क) मा तालमेलका लागि छुट्याइएको छ भने (ख) मा तुलसीप्रसाद चौधरीले टिकट पाएका छन् ।

रुपन्देह–४ मा तालमेलका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क) मा हजरत अलि र (ख) तालमेलका लागि छुट्याइएको छ।

रुपन्देही–५ पनि तालमेलका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क) भुमेश्वर ढकाल र (ख) मा तालमेलका लागि छुट्याइएको छ ।

कपिलवस्तु–१ मा बलराम अधिकारीलाई टिकट दिइएको छ । प्रदेशसभा तर्फ (क) बिष्णु पन्थी र (ख) तालमेलका लागि छुट्याइएको छ ।

कपिलवस्तु–२ मा बृजेशकुमार गुप्तालाई टिकट दिइएको छ । प्रदेशसभा तर्फ (क) नवराज लामिछाने र (ख) धर्मबहादुर लाल श्रीवास्तवले टिकट पाएका छन् ।

कपिलवस्तु–३ मा गंगलप्रसाद गुप्तालाई टिकट दिइएको छ । प्रदेशसभातर्फ (क) अर्जुनकुमार रेग्मी र (ख) मा तालमेलका लागि छुट्याइएको छ ।

दाङ–१ मा शान्ता चौधरीले टिकट पाउनु भएको छ । प्रदेशसभा तर्फ (क) मा गंगाराम भट्टराई र (ख) मा कुलप्रसाद केसीले टिकट पाएका छन् ।

दाङ–२ मा शंकर पोखरेललाई उम्मेदवार बनाएको छ । उहाँ एमाले महासचिव हुनुहुन्छ । प्रदेशसभा तर्फ (क) बलिभद्र राना र (ख) मा गिरिराज केसीले टिकट पाएका छन् ।

दाङ–३ मा कोमल वलीले टिकट पाउनु भएको छ । प्रदेश तर्फ (क) मा घनश्याम पाण्डे र (ख) हुकुमबहादुर बस्नेत उम्मेदवार बन्ने भएका छन् ।

बाँके–१ मा सूर्यप्रसाद ढकालले टिकट पाउनु भएको छ । प्रदेश तर्फ (क) तालमेलका लागि छुट्याइएको छ भने (ख) दुर्गाप्रसाद चौधरीले टिकट पाएका छन् ।

बाँके–२ तालमेलका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क) मा विजय यादव र (ख) मा निरजबहादुर गुरुङले टिकट पाएका छन् ।

बाँके–३ मा किस्मतकुमार कक्षपतिले टिकट पाउनु भएको छ । प्रदेशतर्फ (क) रत्नबहादुर खत्री र (ख) भीमबहादुर वलीले टिकट पाएका छन् ।

बर्दिया–१ मा लक्ष्मणराज ज्ञवालीले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क) मा शालिकराम अधिकारी र (ख) भक्तबहादुर विकले टिकट पाएका छन् ।

बर्दिया–२ मा पंकजसिंह रौठोरले टिकट पाउनु भएको छ । प्रदेशसभा तर्फ (क) लहनु चौधरी र (ख) मा कृष्णी थारुले टिकट पाएकी छन् ।

गुल्मी–१ मा प्रदीपकुमार ज्ञवालीलाई उम्मेदवार बनाएको छ । प्रदेशसभा तर्फ (क) चिन्तामणि पाण्डे र (ख) मा ठर्सूराम पाण्डेले टिकट पाएका छन् ।

गुल्मी–२ मा गोकर्णराज बिष्टलाई उम्मेदवार बनाएको छ । प्रदेशसभा तर्फ (क) मा डिल्लीराज भुसाल र (ख) मा दिनेश पन्थीले टिकट पाएका छन् ।

पाल्पा–१ मा नारायणप्रसाद आचार्यले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क) मा राजुप्रसाद श्रेष्ठ र (ख) मा खिमबहादुर सारुले टिकट पाए ।

पाल्पा–२ मा ठाकुर गैरेलाई उम्मेदवार बनाएको छ । यस्तै प्रदेशसभा तर्फ (क) पर्शुराम भट्टराई र (ख) मा ओमबहादुर घर्ती उम्मेदवार बनाएको छ ।

पश्चि परासी–१ तालमेलका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क) मा पुन्यप्रसाद पौडेल र (ख) मा दीपकराज शर्माले टिकट पाए ।

पश्चिम परासी–२ मा दीपेन्द्रकुमार अधिकारीले टिकट पाउनुभएको छ । प्रदेशसभा तर्फ (क) मणिप्रसाद गैरे र (ख) तालमेलका लागि छुट्याइएको छ ।

प्यूठानबाट सूर्यबहादुर थापालाई उम्मेदवार बनाएको छ । प्रदेशसभा तर्फ (क) तुलसीराम शर्मा र (ख) मा हरिप्रसाद रिजालले टिकट पाउनु भएको छ ।

अर्घाखाँचीबाट टोपबहादुर रायमाझीलाई उम्मेदवार बनाएको छ । प्रदेशसभा तर्फ (क) चेतनारायण आचार्य र (ख) बाट रामजीप्रसाद घिमिरेले टिकट पाउनु भएको छ।

रोल्पाबाट पूर्णबहादुर बुढामगरले टिकट पाउनु भएको छ । प्रदेशसभा तर्फ (क) मा कमल बुढाथोकी र (ख) मा प्रेमबहादुर घर्तिमगरलाई उम्मेदवार बनाएकाे छ ।