१० मंसिर २०८१, सोमबार 1732544674
राजनीति

काभ्रेमा एमाले उम्मेदवार गोकुल र रेशम संघमा

काठमाडौं – नेकपा एमालेले काभ्रेबाट प्रतिनिधिसभा सदस्यमा गोकुल बास्कोटा र रेशम लामालाई उम्मेदवार बनाउने भएको छ।

एमाले स्रोतका अनुसार क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा लामालाई टिकट दिइएको छ। पूर्व राज्यमन्त्री समेत रहेका लामा राप्रपाबाट एमाले प्रवेश गर्नुभएको थियो । उहाँ अहिले एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ ।

प्रदेशतर्फ ‘क’मा दिलिप तामाङ र ‘ख’मा चन्द्र लामा उम्मेदवार बनाएको छ । लामा बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री हुन् ।

क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निवर्तमान सांसद बास्कोटालाई नै टिकट दिइएको छ । प्रदेशसभातर्फ ‘क’मा कुमार खकुरेल र ‘ख’ मा कुमार थापालाई उम्मेदवार बनाएको छ ।