१० मंसिर २०८१, सोमबार 1732520671
Banner

कांग्रेसले टुंग्यायो १० उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले सभापति शेरबहादुर देउवासहितका केही नेताको उमेदवारी टुंगो लगाएको छ ।

राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय बोर्डको बैठकले सभापति शेरबहादुर देउवालाई डडेलधुराबाट उमेदवार बनाउने निर्णय गरेको छ भने दार्चुलामा दिलेन्द्र बडु, बाजुरामा बद्रीप्रसाद पाण्डे, अछाममा पुष्प शाह, मुगुमा ऐनबहादुर शाही, मनाङमा टेकप्रसाद गुरुङ, तेह्रथुममा सीता गुरुङको उमेदवारी टुंगो लगाएको छ ।

त्यस्तै प्रदेशसभातर्फ जुम्ला (ख) मा ललितजंग शाही, तेह्रथुम (क) मा सन्तोष सुब्बा, ताप्लेजुङ (ख) मा खगेन सिंह हाङवाङलगायतका नेतालाई टिकट दिने निर्णय गरेको छ ।