१० मंसिर २०८१, सोमबार 1732547848
Banner

घरकै बाथरुममा लडेर एमाले पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको निधन

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पहिलो संविधानसभाका सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ । घरकै बाथरुममा लडेर उनको निधन भएको हो । परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए । अहिले ढुंगेलको घरमा प्रहरी पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहराका अनुसार बानेश्वर प्रहरी वृत्तका प्रमुखसहितको टोली घटनास्थलमा पुगेको छ ।

यसअघि नेकपा मा‌ओवादीमा रहेका ओखलढुंगाका ढुंगेल पहिलो संविधानसभाका सदस्यसमेत थिए । सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा ज्यान मुद्दामा दोषी ठहर भएका थिए । उक्त अभियोगमा उनी दुई पटक गरी करिब ७ वर्ष जेल बसेका थिए । सर्वोच्चबाट जन्मकैदको फैसला भए पनि उनले २०७४ सालमा आम माफी पाएका थिए ।