१० मंसिर २०८१, सोमबार 1732587283
खेलकुद

रोबोटिक्स प्रतिस्पर्धामा भाग लिने यु–१८ टिमको बिदाइ

काठमाडौ । सन् २०२२ को अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतिष्पर्धामा भाग लिने यु–१८ खेलाडीहरुलाई बिदाइ गरिएको छ ।

सोमवार रोबोटिक्स एशोसिएशन लगायतका सम्बन्धित संघसंस्थाले नेपालको तर्फबाट प्रतिष्पर्धामा भाग लिने प्रतिष्पर्धीहरुको बिदाइ गरेको हो । यु १८ को नेपाली खेलाडी टिमले स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतिष्पर्धामा भाग लिनेछ । यो प्रतियोगिता असोज २७ गतेबाट ३१ गतेसम्म सञ्चालन हुनेछ । एशोसिएशनले विभिन्न समयमा गराउने विद्यालयस्तरको प्रतियोगितामा उत्कृष्ट भएकाहरूलाई समेटेर राष्ट्रिय टिम बनाएको छ । बिदाइ कार्यक्रममा रोबोटिक्स एशोसिएशनका सहसचिव ओमकार जैसवालले नेपालले यस पटकको रोबोटिक्स प्रतिष्पर्धामा कुनै न कुनै टाइटल लिएर आउने
बताउनु भयो । उहाँले यसपटक जलवायु परिवर्तनसँग सम्बन्धित कार्बन क्याप्चर भन्ने थिम रहेको र प्रतिष्पर्धाका लागि रोबोटका कामहरुलाई पूरा गर्नेमा आफ्नो लक्ष्य रहने बताउनु भयो । त्यस्तै खेलाडी संकल्प भट्टराईले १८० वटा देशलाई पठाएको किटबाट आफ्नो कौशताले रोबोट बनाएर कार्बन क्याप्चर थिममा काम गरेर बढी भन्दा बढी क्वेन्स कमाएर जित्ने खेल भएको बताउनु भयो ।

त्यस्तै अर्का खेलाडी सूर्यदीप श्रेष्ठले गेम जित्न नसकेपछि कुनै न कुनै टाइटल लिएर आउने बताउनु भयो । उहाँले नेपाली खेलाडीहरुको ८ जनाको टोली रहेको बताउनु भयो । त्यस्तै टिम म्यानेजर रिया शाहीले नेपाली टिम एकदमै उत्साहीत रहेको
बताउनु भयो । उहाँले असोज २७ देखि ३१ गतेसम्म नेपालले यसमा भाग लिने पनि बताउनु भयो ।

उनीहरुले नेपाल बलियो रहेकाले राम्रो स्थान हात पार्ने पनि दाबी गरे । रोबोटिक्स एशोसिएशन अफ नेपालमार्फत यो प्रतिष्पर्धामा नेपाली विद्यार्थीहरू भाग लिँदै आएका छन् । कोभिडअघि एशोसिएशनले १८ वर्ष उमेर
समूहका लागि विशेष किसिमको प्रतिष्पर्धा गराउँथ्यो । त्यही प्रतिष्पार्धामा उत्कृष्ट भएकाहरू फस्र्ट ग्लोवल च्यालेन्जमा भाग लिन जान पाउने व्यवस्था थियो । कोरोनाका कारण सन् २०१९ देखि यन्त्र प्रतिष्पर्धा भएको छैन । नेपालले सन् २०१८, २०१९ र २०२० र २०२१ को प्रतिष्पर्धामा भाग लिएको छ । सन् २०२२ को प्रतिष्पर्धामा भौतिक उपस्थिति जनाउँदैछ । सन् २०२० र २०२१ भर्चुअल माध्यमबाट सहभागिता जनाएको थियो । नेपाली टिम सन् २०१९ मा उत्कृष्ट ३२ भित्र र सन् २०१८ को प्रतिष्पर्धामा ९५ औं स्थानमा थियो । प्रतियोगिताका लागि यसअघि ओलम्पिक्समा सहभागी हुने १ सय ८० मुलुकका प्रतियोगी सबैलाई एकै
खालको रोबो किट उपलब्ध गराइएको थियो ।