काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीबाट मन्त्री भएका सबै मन्त्रीहरुलाई हटाएका छन् । गठबन्धनबाट बाहिरिएर पनि सरकार नछाडेपछि देउवा जसपाका मन्त्रीहरुलाई हटाएका हुन् ।
जसपाका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई हटाएर उनीहरुको मन्त्रायको जिम्मेवारी पनि आफैंले राखेका छन् ।
उता कानुुन न्याय तथा संसदीय मन्त्री गोविन्दप्रसाद कोइरालालाईसमेत पदमुक्त गरिएको छ । कोइरालाले ६ महिनाभित्र संसद सदस्य बन्न नसक्दा मन्त्री पद छोड्नु परेको हो ।
पदमुक्त भएका कानुनमन्त्री कोइरालाको जिम्मेवारी सरकारका प्रवक्तासमेत रहनुभएका ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएको छ ।