१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:20 am
Banner

नवौं राष्ट्रिय खेलकुद : प्याराग्लाइडिङ खेलाडीको मृत्यु

सूचना प्रेस २०७९ आश्विन ३० आइतबार ००:००, १३:५२ बजे १ मिनेट पढाइ

पोखरा– नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक प्याराग्लाइडिङ खेलाडीको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापा रहेका छन् । उनको खेलकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सांकेतिक तस्विर

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको बेलामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको बताइएको छ ।

१०० मिटरमाथिबाट खसेर घाइते भएका उनलाई उपचारको लागि मेट्रो सिटी अस्पताल लगिएको थियो । उनलाई चिकित्सले मृत घोषणा गरेका थिए ।