२९ कार्तिक २०८१, बिहिबार 1731573721
प्रदेश

विपद्ले राजमार्ग बन्द भएपछि पाँच दिनको पैदल हिँडेर सुर्खेत

“सोह्र वर्षअघि हिँडेको जुम्ला, कालीकोट र दैलख हुँदै सुर्खेत पुग्ने बाटो निकै बिरानो भइसकेको रहेछ । पत्ता लगाएर हिँड्न सफल भयौँ । यात्रा कठिन भयो तर त्यसले फरक अनुभूति गरायो,” जुम्ला चन्दननाथ नगरपालिका–७ जुम्ला मिचा गाउँ निवासी धनवीर नेपालीले भन्नुभयो ।

उहाँ गएको शनिबार पाँच दिन लगाएर सुर्खेत पुग्नुभयो । कात्तिक ६–१० गते काठमाडौँमा हुने विभिर्स इस्टर्न मण्डलीको महाभेलामा पुग्नका लागि नेपाली पैदल हिँडेर सुर्खेतमा पुग्नुभएको हो । असोज १९ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले कर्णााली राजमार्ग ठप्प भएपछि पैदल यात्रा हिँड्नु परेको उहाँले बताउनुभयो । शक्ति र पहुँचवालाहरुको हवाइजहाज यात्रा हुँदा पहुँचविहीनहरु भने यतिबेला तल झर्न पैदल बाटो हिँडेरै कष्टकर यात्रा गरिरहेका छन् । नेपालीले जुम्लादेखि कालीकोटको गाल्जे, चिल्खाया, भलायपानी, पाद्मघाट, महावु लेक पार गरी दैलेखको ऊनपाटा, नाउली, महावसैनी, ओखरपाटा, छान्ना, औलजिरा, कालीमाटी, खुर्सानीबाडी, दैलेख बजार, चुप्रा, डुङ्गेश्वर, तालपोखरी, गाइबान्ना, गुराँसे हँुदै सुर्खेत पुगिएको बताउनुभयो ।

बिरानो भइसकेका बाटोहरुमा उकालीओराली गर्दा कष्ट र फरक अनुभूति भए पनि गन्तव्य पु¥याउन ती बाटोहरु सहयोगी भएको उहाँको भनाइ थियो । त्यस्तै, तातोपानी गाउँपालिका–१ जुम्ला राँका गाउँ निवासी रत्न सार्कीले पनि पैदल यात्राबाटै सुर्खेत पुग्नुभयो । नेपाली सेनाको नौ महिने तालिम रहेका उहाँलाई असोज २२ गते नै नेपालगञ्ज पुग्नुपर्ने थियो । अविरल वर्षाले निम्त्याएको बाढी र पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएपछि नेपालगञ्ज पुग्न समस्या भयो । हवाई जहाजको टिकट पाउने अवस्था नभएपछि हिँड्न बाध्य भएको सार्कीले बताउनुभयो । जाजरकोट जिल्ला निवासी लोकेन्द्र रावलले असोज ४ गतेसम्म काठमाडौँ पुग्नपर्ने बाध्यता आइलागेपछि आजबाट पैदल यात्रा सुरु गरेको बताउनुभयो । “जुम्लामा हामी जस्ता सामान्य वर्गलाई टिकट पाउने अवस्था नै छैन”, दुखेसो पोख्दै उहाँले भन्नुभयो, “राजमार्ग खुल्न अझ धेरै समय लाग्ने र प्लेन टिकट पनि नपाउने अवस्था भएपछि हिँड्नुको विकल्प देखेनौँ अनि पैदल यात्रा सुरु ग¥यौँ ।” त्यसैगरी, काठमाडौँ यात्राका लागि सुर्खेतसम्मको पैदल यात्रामा हिँडेका जुम्ला चन्दननाथ नगरपालिका निवासी जगत नेपाली, पातारासी गाउँपालिकाका मुनबहादुर नेपाली र तातोपानी गाउँपालिकाका जनकबहादुर रावतले विगतमा हिँडेका बाटो पछ्याएर सुर्खेत पुग्ने गरी पैदल यात्रा सुरु गरिएको बताउनुभयो । विगतमा कोभिड लागेर कमजोर बनेका पातारासी गाउँपालिकाका नेपाली भने पैदल यात्रका क्रममा लेक लाग्ने कुराले चिन्तित हुनुहुन्छ । कात्तिक ५ गते जापान फिर्तीको टिकट लिएर दसैँ मनाउन आफ्नो मातृभूमि पुगेका तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँका लङ्कबहादुर शाही पनि पैदल यात्राको तयारी गर्दै हुनुहुन्छ । उहाँ तीन वर्ष जापान बसेर नेपाल फर्कनुभएको थियो । “घरमा पुगेर दसैँ राम्रो मनाउन त पाइएन नै ।

दुर्भाग्य भन्नुपर्छ, विपद्ले घरबारी सबै लगेको छ”, शाहीले भन्नुभयो, “अब गह्रुँगो मनसाथ परिवारलाई छोडेर कठिन यात्रा गर्दै विदेसिँदै छु ।” प्राकृतिक विपद्को वितण्डाले कर्णाली प्रदेशमा विशेष गरी माथिल्लो कर्णालीका कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पामा जनधनको ठूलो क्षति गराएको छ । कर्णाली राजमार्गअन्तरगत सुर्खेत–दैलेख सडकखण्ड खुले पनि कालीकोट–जुम्ला सडकखण्ड बाढी र पहिरोले तहसनहस भएको र खुल्न केही समय लाग्ने सडक डिभिजन कार्यालय जुम्ला डिभिजन प्रमुख राजीव श्रेष्ठले राससलाई जानकारी दिनुभयो । कालीकोट सडकखण्डमा आजभोलि पनि नयाँ पहिरो आइरहेको छ,” उहाँले भन्नुभयो, “सबैभन्दा बढी कालीकोट तिलागुफा गाउँपालिकाको राँचुलीदेखि मान्म खाँडाचक्र नगरपालिकाको पिलीसम्म सडक क्षतिग्रस्त अवस्थामा छ । हामीले जुम्लादेखि काम गर्दा नाग्मदेखि करिब दुई किलोमिटर र कालीकोटको दही खोलादेखि सेरीघाटसम्म खोलेका छौँ ।” सबै कुराले साथ दिएसम्म १५–२० दिनमा सडक निर्माण हुने अन्यथा अझै समय लाग्ने डिभिजन प्रमुख श्रेष्ठले बताउनुभयो ।

उहाँले सेरीघाटमा ब्लाष्टिङ गरेर सडक खोलेको र त्यहाँ प्राविधिक कर्मचारी खटाएर कालीकोट कर्णाली राजमार्ग अवरुद्धका कारण सयौँ मान्छेहरु डेढ दशक अघि हिँडेका बाटोको सहारा लिएर सुर्खेत, नेपालगञ्ज र काठमाडौँको यात्रा गरिरहेका छन् । सडक ठाउँठाउँमा विच्छेद भएकाले पुरानो बाटो हिँड्न सहज भएको स्थानीय जनक रावतले बताउनुभयो । जुम्ला–कालीकोट सडकखण्डको धेरै ठाउँमा सडक नै भाँसिएर तिलामा गएपछि त्यस्ता ठाउँको निर्माण कार्यमा समय लाग्ने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । रासस