३० कार्तिक २०८१, शुक्रबार 1731674369
समाचार

अस्टे«लियामा परिवार दिवस

घर परिवार छ, मान्छे एक्लो छ
मोवाइल सन्जालमा सदा झुण्डिन्छ .
पारिवारिक मधुर मिलन परिवारमै छैन
यन्त्र मानव आवास, घरजस्तो छैन
अँगेनामा सँगै बसी बात मार्थे उहिले
संयुक्त परिवारमा खुसी साट्थे सबले
परिवार सबै मिली हासौँ रमाऔँ

अस्ट्रेलियास्थित गोलकोस्टको लुम्साली परिवारद्वारा यही कात्र्तिक ११ गते आयोजनामा परिवार दिवस सम्पन्न भयो । कार्यक्रमको महत्व दर्साउने उक्त कविता प्रा.डा. बद्रीविशाल पोखरेलले वाचन गर्नु भएको थियो । संयुक्त राष्ट्रंसघले सुरु गरेको परिवार दिवसको महत्व उल्लेख गर्दै कम्तीमा सात दिनमा एक दिन एक घण्टा समय उभारेर घर परिवारका सदस्यहरु सामूहिक रुपमा भेला भई सामूहिक रुपमा मनोरञ्जनात्मक परिहास गर्दै खुसी साटासाट गर्दा जीवनमा बेग्लै उत्साह र खुसी उत्पन्न हुने कुरा पोखरेलले बताउनु भयो ।

यसरी सामूहिक रुपमा परिहास गर्दा जीवनमा र परिवारमा एकाकी र नीरसपन हटाउन ठूलो सहयोग पुग्ने डा. पोखरेलले उल्लेख गर्नु भयो । डा. पोखरेलले लुम्साली परिवारका अभिभावक ऋषि लुम्साली नामको एउटा कविता वाचन सहित आयोजकका आग्रहमा एकल कविता वाचन पनि गर्नु भएको थियो । परिवार दिवस जस्ता कार्यक्रमले पुस्तान्तरबाट उत्पन्न हुने आपसी अनेक जटिलता घटाउन पनि मद्दत पुग्ने बताउँदै डा. पोखरेलले यस्तो महत्वपूर्ण कार्यक्रमको आयोजना गरेकामा लुम्साली परिवारलाई धन्यवाद दिनुभयो । कार्यक्रमकी प्रमुख अतिथि लता लुम्सालीले विषयको सान्दर्भिकता र महत्व उल्लेख गर्नु भएकामा डा. पोखरेलप्रति कृतज्ञता प्रकट गर्दै यस्ता कार्यक्रमले संयुक्त परिवारका बीच आत्मीय सम्बन्ध सुमधुर हुने बताउँदै डा. पोखरेललाई खादा ओढाइ सम्मान गर्नु भएको थियो । संगीता आचार्य लुम्सालीद्वारा स्वागत व्यक्त गरेको उक्त कार्यक्रमका सभापति प्रशन्न लंसालले नेपालदेखि आएर यस खालको कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु भएकामा डा. पोखरेललगायत सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा डा. पोखरेलद्वारा लिखित ऋषि ल्ुम्साली नामक कविताको सामूहक वाचन गरी कार्यक्रम समापन गरेको थियो । जस्तै
ऋषि जस्तै हुनुहुन्छ, ऋषि लुम्साली
ज्ञान,ध्यान र कर्ममा सदा मन लिई
जिम्मेवारी पाउँदा पनि सधैँ इमानी
बेइमानी राजनीति कहिल्यै नमानी
एक हातमा कलम कपी, अर्कोमा कोदाली
दिङ्लालाई हराभरा पार्ने प्रण लिई
षडानन्द आश्रम खोली ज्ञान उचाली
ऋषिजस्तै हुनुहुन्छ, ऋषि लुम्साली