३० कार्तिक २०८१, शुक्रबार 1731654504
Banner

देउवालाई अध्यक्ष ओलीको प्रश्न : जयसिंह धामी मारिएजस्तै घटनामा कहिलेसम्म मौन बस्ने  ?

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तावाघाट–लिपुलेक सडकमा भारतीय पक्षले विस्फोट गराउँदा नेपालका ९ वर्षीय बालकको मृत्यु भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालकको मृत्यु भएको घटनामा अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनु भएकव हो ।

‘नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा दार्चुलाको व्यास गाउँपालिका–२ का बालक पवन महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी छु,’ अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरासहित स्थानीय नागरिक घाइते भएका छन् । घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारवाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु।’

उहाँले यो घटनालाई जयसिंह धामीलाई मारिएको घटनाजस्तै रुपमा लिनु भएको छ । ‘तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म?’ ओलीले प्रश्न गर्नुभएको छ ।