८ मंसिर २०८१, शनिबार 1732397907
Banner

दोलखाको गौरिशङकर गाउपालिका सातका नेपाली काङ्रेस सिङ्गो कमिटि एमालेमा प्रवेश

दोलखा । दोलखा गौरिशङकर गाउपालिका वडा नम्बर सातका नेपाली काङ्रेस सिङ्गो कमिटि एमालेमा प्रवेश गरेको छ ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री पार्वत गुरुङले सिङ्गो टिमलाई एमालेमा प्रवेश गराउनुभयो ।

जिल्ला पार्टी कार्यालय, दोलखामा बिहीबार कांग्रेस गौरीशंकर गाउँपालिका सचिव अर्जुन ओली र साविक मार्वु गाविसको सिंगो गाउँ कमिटीलाई एमालेमा प्रवेश गराएको हो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य रचना खड्का, सरस्वती बस्नेत, प्रतिनिधिसभाका उम्मेद्वार बालकृष्ण शिबाकोटी, प्रदेशसभाका उम्मेद्वारहरु नरबहादुर श्रेष्ठ, भरतबहादुर केसीलगायत सहभागी हुनुहुन्थ्यो ।