३० कार्तिक २०८१, शुक्रबार 1731679319
Banner

एक इन्च जमिन पनि कसैलाई दिने वाला छैनौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अतिक्रमित भूमि फिर्ता लिने बताउनुभएको छ । 

दार्चुलाबाट एमालेको चुनावी सभालाई सुरु गर्दैै उहाँले नेपालको एक इन्च जमिन अरुलाई नछाड्ने बताउनुभयो ।

‘राष्ट्रियताको प्रश्नमा आफ्नो एक इन्च जमिन छाड्नेवाला छैन। हामीले संसदबाट नक्सा जारी गरिसकेका छौँ । आज फेरि ग्यारेन्टी गर्न चाहन्छौँ । चुनाव घोषणापत्रमा जारी गर्दा २० वटा ग्यारेन्टी गरेका छौँ’,उहाँले भन्नुभयो । 

उहाँले दार्चुलाको समस्या आफूले बुझेकोसमेत बताउनुभयो ।