३० कार्तिक २०८१, शुक्रबार 1731691997
Banner

एमाले एक्लैले बहुमत ल्याउँछ, विचौलियासँग मोलतोल गर्दैन : केपी शर्मा ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले एक्लै बहुमतको सरकार बनाउन सक्ने दाबी गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एमालेनिकट प्रवासी नेपाली मञ्चको अधिवेशनमा बोल्नुहुँदै अध्यक्ष ओलीले एमालेबाहेक कोहीले देशको विकास गर्न नसक्ने बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले एकतिर अर्कोतिर १०० भाइ कैरभ छन्। यी सय भाइ कैरभ चार गरेको कुरुक्षेत्रमा जान्छन्। हामीले एउटा सवल भिजनमा स्पष्ट भएको सरकार आवश्यक छ।’

उहाँले एमालेले अगाडि सारेको भिजन र मिसनलाई तलमाथि नपर्नेगरी सरकारमा सामेल गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘गठबन्धन दलका कुनै नीति नै छैन ।’

अध्यक्ष ओली भन्नुहुन्छ, ‘अस्ति एउटा नेताले भन्नेको तपाईहरुले सुन्नुभएकै होला। हामी तेस्रो शक्ति हुन्छौँ। तर, हाम्रो महत्वपूर्ण भूमिका हुन्छ रे भनेको के तपाईहरुले बुझ्नुभएको होला। हामी विचौलिया हुन्छौँ। जता लाग्यो त्यता सरकार बन्ने खालेको हुन्छ। यता पनि मोलतोल उता पनि मोलतोल गछौँ। तर, हामी मोलतोलको सरकारको पक्षमा छैनौँ।’

उहाँले गठबन्धन दलले घोषणापत्र निकाल्न बाध्य भएकाले निकालेको मात्रै बताउँदै केही पनि नभएको जिकिर गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘घोषणापत्र शब्दहरुको थुप्रो मात्रै हो। जनता अलमल्याउने खेल मात्रै हो। त्यसलाई हामीले पराजित गर्नुपर्छ। यो सामान्य निर्वाचन होइन। सवल राष्ट्रिय शक्ति कि स्वार्थहरुको गठजोड भन्नेमा फैसला हुनुपर्छ।’