३० कार्तिक २०८१, शुक्रबार 1731706507
Banner

विश्वकप हेर्नेसँग ५०० शुल्क लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


काठमाडौं । सर्वोच्च अदालतले आसन्न विश्वकप फुटबलको नाममा मिडिया हबले प्रतिग्राहक ५०० रुपैयाँ उठाउने निर्णय तत्काल अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले यस्तो आदेश दिएको हो ।

मिडिया हबले विश्वकप फुटबल–२०२२ को प्रसारण अधिकार पाएको भन्दै फुटबल हेर्न प्रतिग्राहक ५०० उठाउने निर्णय गरेको थियो । त्यसविरुद्ध अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईले रिट दायर गरेका थिए ।

सर्वोच्चले पैसा उठाउने प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन आदेश दिँदै थप छलफलका लागि यही कात्तिक २७ गते दुवै पक्षलाई बोलाएको छ ।