२७ भदौ २०८३, शनिबार 1789257466
समाचार

थप १२ जनामा कोरोना पुष्टि

काठमाडौं : थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा देशभरबाट ११५० नमूना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५१९ र एन्टिजेनबाट ६३१ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १० र एन्टिजेनबाट २ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप १५ जना कोरोनामुक्त भएका छन्।