९ मंसिर २०८१, आइतबार 1732450458
Banner

रुसी सेनाको आक्रमणबाट युक्रेनमा १३७ जनाको मृत्यु

एजेन्सी – रुसी सेनाको आक्रमणबाट युक्रेनमा १३७ जनाको मृत्यु भएको छ। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्सकीले १३७ जनाको मृत्यु भइसकेको पुष्टि गरेका हुन्।

आक्रमणमा परेर ज्यान गुमाउनेमा सैनिक र सर्वसाधरण रहेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

युक्रेन सीमा रक्षक सेवा डीपीएसएले १८ देखि ६० वर्ष उमेरका सबै पुरुषलाई देश छोड्न प्रतिबन्ध लगाएको छ।

युक्रेन र रुसबीचको द्धन्द्धले कच्चा तेलको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

हिजो एकै दिन ११ अंक बढेर कच्चा तेलको भाउ एकैदिन १ सय ५ डलर पुगेको हो। यसको सिधा असर नेपालमासेमत पर्ने देखिन्छ।