३० कार्तिक २०८१, शुक्रबार 1731722666
राजनीति

काठमाण्डौ क्षेत्र नम्बर १ का मतदाता एमालेप्रति ढुक्क, भन्छन छैन अरु कुनै विकल्प

काठमाडौं । काठमाण्डौ क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार घरदैलो गर्नमा व्यस्त छन्। काठमाडौं क्षेत्र नम्बर १ (१) को प्रदेशसभा सदस्य एमाले उम्मेदवार राम अमगाईले आज १० नम्वर वडाको बुद्धनगर, नयाँ बानेश्वर क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाट गरेको बताउनुभयो ।

उहाँहरुले मतदाता माझ पुगेर मत माग्दा जनता एमालेप्रति ढुक्क भएको बताउनुभयो । उमेदवार घरदैलोमा आउँदा स्थानीयवासीले उत्साहजनक रुपमा स्वागत गर्दै विजयको शुभकामना व्यक्त गरेको अमगाईले बताउनुभयो । एमालेको विकल्प अरु कोही हुन नसक्ने भन्दै मतदाताले जितेपछि पनि आफनो क्षेत्रमा आउन सुझाब दिएका थिए । मतदाताले एमालेले गरेका कार्यको चर्चा गदै भोट माग्ने नपर्ने बताएको अमगाईले बताउनुभयो ।