१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 8:35 pm
राजनीति

काठमाण्डौ क्षेत्र नम्बर ३ का उम्मेदवार घरदैलोमा सक्रिय

सूचना प्रेस २०७९ कार्तिक २७ आइतबार ००:००, १५:५७ बजे १ मिनेट पढाइ

काठमाडौं । काठमाण्डौ क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार घरदैलो गर्नमा व्यस्त छन्। काठमाडौं क्षेत्र नम्बर ३ (२) को प्रदेशसभा सदस्य एमाले उम्मेदवार रामेश्वर फुयालका अनुसार आज गोकर्णेश्वर नगरपालिका अन्र्तगत १ नम्बर वडाको सुन्दरी जल, मुलखर्क ओर्खे लगायतको क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाट गरेको बताउनुभयो ।

उहाँहरुले मतदाता माझ पुगेर मत माग्दा जनता एमालेप्रति ढुक्क भएको बताउनुभयो । उमेदवार घरदैलोमा आउँदा स्थानीयवासीले उत्साहजनक रुपमा स्वागत गर्दै विजयको शुभकामना व्यक्त गरेको फुयालले बताउनुभयो । मतदाताले एमालेले गरेका कार्यको चर्चा गदै एमालेको बिकल्प नभएको बताएका थिए ।