३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:57 am
समाचार

शैक्षिक संस्था आजदेखि ५ गतेसम्म बिदा

सूचना प्रेस २०७९ मंसिर २ शुक्रबार ००:००, ११:२० बजे १ मिनेट पढाइ

काठमाडौं । सरकारले चुनावलाई लक्षित गर्दै आज देखि शैक्षिक संस्थामा बिदा दिइएको छ । आजदेखि ५ गतेसम्म शैक्षिक संस्था बन्द हुनेछन् ।


गृह मन्त्रालयले मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।सरकारी कार्यालय तथा सार्वजनिक निकायमा मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिने मन्त्रालयले यसअघि नै निर्णय गरिसकेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदै छ ।