रौतहट । रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी हुनुभएकाे छ । उहाँले एमालेका अजयकुमार गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गर्नुभयाे ।
नेपालले ३३ हजार ५ सय २२ र उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका गुप्ताले २६ हजार ९२२ हजार मत ल्याउनुभएकाे छ ।
अघिल्लाे निर्वाचनमा एमालेबाट काठमाडाैं २ मा विजयी बन्नुभएका नेपाल नयाँ दल खाेलेर एकीकृत समाजवादीबाट उम्मेदवारी दिई राैतहट १ मा विजयी हुनुभएकाे हाे ।