१ मंसिर २०८१, शनिबार 1731789228
Banner

धनुषा ३ बाट एमालेकी जुली महतो निर्वाचित

काठमाडौं । धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी उम्मेदवार जुली महतो निर्वाचित हुनुभएको छ ।

महतोले ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुंदा सत्ता गठबन्धनका उम्मेदवार अनिल झा २३ हजार ६८६ मत प्राप्त गर्नुभएको थियो । महतोले अनिल झालाई ९ हजार ६६९ मतान्तरले पराजित गर्नुभयो ।