मोरङको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी हुनुभएको छ । नेकपा एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बू विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयले शनिबार साझ घोषणा गरेको अन्तिम मतपरिणाममा विजयी लिम्वूले २५ हजार सात सय ९४ मत ल्याउदा खतिवडाले २५ हजार चार सय ६९ मत प्राप्त गर्नुभएको थियो । विसं २०७४ को निर्वाचनमा खतिवडाले लिम्बूलाई पराजित गर्नुभएको थियो भने २०७० मा लिम्बूले खतिवडालाई पराजित गर्नुभएको थियो ।
यस्तै प्रदेश सभा १(१) तर्फ नेकपा एमालेका उमाकान्त खनालले लोकतान्त्रिक वामगठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार कुशल साम्वालाई तीन हजार पाँच सय २७ मतलेपछि पार्दै विजयी हासिल गर्नुभएको छ । भने एमालेका गौतमले १३ हजार पाँच सय ३१ र साम्वाले १० हजार चार मत प्राप्त गर्नुभएको थियो ।
यस्तै प्रदेश १(२) मा पनि नेकपा एमालेका खड्गबहादुर बस्नेतले लोकतान्त्रिक वामगठबन्धनका एकीकृत समाजवादीका उम्मेदवार उपेन्द्रप्रसाद घिमिरेलाई ६ सय ७६ मतले पछि पार्दै विजयी हासिल गर्नुभएको छ ।
एमालेका बस्नेतले १४ हजार पाँच सय ३९ मत प्राप्त गर्नुभएको छ । भने प्रदेश नं १ का सूचना तथा सञ्चारमन्त्रीसमेत रहनुभएका घिमिरेले १३ हजार आठ सय ६३ मत प्राप्त गर्नुभएको छ ।