२ मंसिर २०८१, आइतबार 1731879762
Banner

एमाले : सन्निकट सङकट र समुज्वल सम्भावना

पृष्ठभूमि
एमालेका अगुवा नेता र कार्यकर्ताको प्रतिनिधि मूलक गम्भीर वैचारिक सांगठनिक चरम विचालन निम्न अनुसार देखिन्छ ।

१.ओली बाचुन्जेल बाम गठबन्धन हुँदैन, एक एमाले जिल्ला सदस्यले एक जमघटमा प्याच्चै यसो भने । यसको हल्का प्रतिवाद प्रसिद्ध गीतकार गायत्री लंसालले गरे, तर प्रदेश र जिल्लाका अरु नेता मौन रहे । यो संवाद बक्लौरी,सुनसरीका पार्टी प्रदेश सदस्य गयाराम राजधामीको निधनमा भेला भएका कामरेडहरु बीच भएको थियो ।

२.ओलीका कारण पार्टी कमजोर भयो र चुनावमा अपेक्षित परिणाम हासिल हुन सकेन । यो कुरा अधिकृत स्तरको बैकिङ्ग सेवाबाट निवृत्त कमरेडले मसितको सबाल जवाफका क्रममा भने । यसमा मैले उनलाई चित्त बुझ्दो जवाफ दिँदा उनले मौन समर्थन गरे ।

३. मलाई हराउमा पार्टीका नेता नै लागे भन्दिन एक अन्तर्वार्तामा महासचिव शंकर पोखरेल भन्दै हुनुहुन्थ्यो । पोखरेलको लोली र बोलीबाट अन्तर्घात भएको गम्भीर अर्थ लाग्छ ।

४.नेता सुरेन्द्र पाण्डे र विष्णु रिजालले एमाले कार्यकर्ताले नै स्वतन्त्र पार्टी वा घण्टीलाई मतदान गर्दा पार्टीको हार हुनगयो ,एक अन्तर्वार्तामा भन्नु भयो ।

५.मोरङ जिल्लाको लेटाङ नगरपालिका वाराङ्गी वार्डमा ५१ प्रतिशत एमाले पक्षधर जनजाति मतदाताले घनश्याम खतिवडालाई किन अत्यन्त न्यूनतम मतदान भयो ? त्यहाँ चुनाव परिचालन गर्न जनजाति समुदायका उपल्लै तहका नेता प्रचारमा सक्रिय रहेका थिए । तिनले विपक्षीले आफ्ना कार्यकर्ता र मतदातालाई भड्काएको देखीदेखी किन ती नेता गम्भीर भएर प्रशिक्षित गरेनन् ?
उपर्युक्त केही प्रतिनिधिमूलक घटनाबाट एमाले पार्टी संगठन अत्यन्त गम्भीर आन्तरिक वैचारिक र सांगठनिक संकटलाई स्पष्ट पार्छ । त्यसको मूलभूत कारण बारे विमर्श गरौँ

अस्तव्यस्त संगठन
कार्यकर्ता आधारित संगठन पार्टीको मेरुदण्ड हो । कार्लमाक्र्सले श्रमजीवी वर्गले आफ्नो मुक्ति आफैँले जितेर लिनुपर्छ भन्नु भएको छ । यसैलाई आधार बनाएर जननेता मदन भण्डारीले हामी मुक्तिदाता होइनौ,मुक्ति प्राप्त गर्ने र चाहने जनता नै मुक्ति प्राप्त गर्ने शक्ति हुन् भन्नु भयो । त्यसमा पनि देशी विदेशी प्रतिक्रियावादीको तारो बनेको एमालेको संगठनमा फलामे अनुशासन कायम गर्ने कुरामा राम्रो ध्यान पुगेन भने पार्टी तसको घरझैँ हुन्छ । पिँध बिनाको लोहोटाको कुनै भर हुँदैन ।

एमाले पार्टीको संगठन सन्जाल खुकुलो मात्र होइन एकदम फितलो देखिन्छ । वैचारिक, सैद्धान्तिक, सांगठनिक तथा अनुशानका दृष्टिले पार्टी अत्यन्त कमजोर देखिन्छ । यसमा मूलतः पार्टीको प्रमुख नेतृत्वको सूक्ष्म रुपमा ध्यानाकर्षण नभएको स्पष्ट हुन्छ भने कतिपय नेताहरु एकल निर्णय वा मनोगत फैसला गर्ने कुराले पनि संगठन ध्वस्त हुँदैछ । तल्ला समितिबाट सर्वसम्मत रुपमा सिफारिस गरिएका जनप्रतिनिधि चयनमा नेताले तलबितल पारेर संगठनमा कुरुप हस्तक्षेप गरेका उदाहरण सुनसरी र इटहरीमा देखिँदा यो रोग अन्यत्र पनि हुनसक्ने देखिन्छ । यसपालि २ वटा मत पनि बढाउन नसक्ने र जनतामा एकरत्ति प्रभाव नभएका एकाध कार्यकर्ता समानुपातिकमा निर्णय भएको स्थिति टीठ लाग्दो देखियो । अमला श्रेष्ठ र मिथिला पोखरेलजस्ता जन समाजमा भिजेका इमान्दार र सक्रिय छवि बनाएका नेतृ समानुपातिकमा नपर्नु दुर्भाग्य हो । दमकतिर पनि उचित पात्र चयन नभएको गुनासो पाइयो । नेताका बहिनी,पत्नी र आफन्त नियुक्ति हुँदा यस लेखकलाई भारी सरम उत्पन्न भएको छ । कसरी आफ्नो पहिचान जोगाउने हो भन्ने संकट इमान्दार नेता र कार्यकर्तामा उत्पन्न भएको छ ।

अत्यन्त कमजोर प्रचार संयन्त्र र शैली
पार्टीमा प्रचार प्रशार विभाग छ र यसको टीम भारी भर्कम देखिन्छ । अझ त्यसमा पनि चुनावी प्रचार प्रशारका संयन्त्रहरु व्यापक नै देखिन्छन् तर प्रचार प्रशार हात्तीको मुखमा जिरा सरह रहेको छ । विपक्षीहरु एमाले र ओलीलाई प्रतिगामी वा प्रतिगमनकारी भन्ने कुरालाई केन्द्र विन्दुमा राखेर दुष्प्रचार गर्छन् । यसो भएपछि आम श्रोता मतदाताले यही कुरा मात्र हजारबार सुन्छन् र त्यसैलाई दोहो¥याउँछन् । तर एमाले नेताहरु प्रचार प्र शारलाई केन्द्रित गर्दैनन् । गठबन्धनको जनघात र राष्ट्रघातलाई केन्द्रमा राखेर प्रचार गर्दैनन् । चुनावी सभा र सन्दर्भमा पार्टी केन्द्रीय तथा स्थायी समितिका केही सदस्यले बोलेको सुनेर म आफैँ छक्क परेको थिएँ । तिनले शक्ति पृथक्कीकरण बारे सविस्तार व्याख्या गरे । तर गठबन्धनले गरेका जनघात र राष्ट्रघातका बग्रेल्ती विषयमा केन्द्रित विचार व्यक्त गरेनन् । महाकालीमा मारिएका जयसिंह धामी,महाकालीको आकासमा भातीय सैनिक हेलिकेप्टरले लगाएको चार चक्कर,सात मन्त्रालयका ठाउँमा सबै प्रदेशमा १५ भन्दा बढी मन्त्रालय बनाएको ,६,६ महिनामा मन्त्री फेर्दै ब्रह्मलुट मच्चाएको विषय,असलग्न पराराष्ट्र नीतिलाई अमेरिकाका पोल्टामा हालिदिएर नेपाललाई युद्ध मैदान बनाउन खोजेको, २४ लाख कोराना खोप हराएको तर चोर पत्ता नलगाउने सरकार नै चोर रहेको ,बजेट निर्माणमा बिचौलिया प्रयोग गरेर करका दरमा भारी परिवर्तन गर्ने,ओली सरकारका पालाको ३ प्रतिशत महँगी अहिले अक्कासिएको आदि जस्ता जनताका जीवनमा अत्यन्त प्रभाव पार्ने तिनको मन छुने विषय प्रायः एमाले नेताहरुले राम्ररी प्रवाह गरेको पाइएन । अरु त अरु ओली सरकारका देश र जनता हितका तमाम कामहरु समेत ओझेल परेको देखियो । तुइन बिस्थापित गरिएका ठाउँका जनताले र ७ लाख ५० हजार निर्मित आवासमा बसोबास गरेका जनताले र भारतबाट पाइपबाट पेट्रोलियम पदार्थ ल्याएको आदि अनेक जन राहत र सरोकारका कामका आधारमा एमालेलाई मतदान नगर्ने कुरै छैन तर राम्रो कुरा पनि बारबार र हजारबार विभिन्न लोली र बोलीमा भन्नुपर्छ क्या । चामल बेच्न नसकेर रुनु कराउनु जस्तो दुभाग्र्य केही हुँदैन ।

गठबन्धनको जनघात र राष्ट्रघातलाई धुरीमा राखेर प्रचार गरेको देखिएन । जब केन्द्रमा प्रहार गरिँदैन तब सम्म निसानामा गम्भीर चोट पर्दैन । अझ कतिपय अगुवा कार्यकर्ता र बुद्धिजीवीलाई नै पनि गठबन्धन र तालमेलका बीचको आकास जमिनको अन्तर बारे अनभिज्ञ रहेको देखियो । तिनले तालमेलबारे एउटै कुरा के भने भनेँ पार्टीको आदेश वा फैसला त मान्नै प¥यो नि ।
विषय वस्तु बारे आफैँ स्पष्ट र खुलस्त नभई काम गर्ने जाँगर राम्ररी पलाउँदैन र आधा मनले गरेको काम अधुरै हुन्छ । विचार केन्द्रित कार्यकर्ताले नै आम मतदातालाई प्रभावित पार्न सक्छन् । अगुवा कार्यकर्ता आफैँ कुहिराको काग भएपछि आम मतदाता अनेक भ्रममा पर्नु स्वाभाविक हुन्छ । यही लेखकलाई चुनाव केन्द्रित लेख,रचना टिप्पणीहरु प्रकाशित गर्ने पत्रिकाकै अभाव महसुस भयो । विपक्षका मिडियाहरु पारिश्रमिक पनि दिन्छन्, मान र मन दुवै राख्छन् तर सगोत्रीहरु सामान्य लेखक मैत्रीसम्मत लिहाज र लवजसम्म पनि राख्तैनन् । एउटा सगोत्री मिडिया सञ्चालकले उल्टो यही लेखकसित नमस्ते खोज्यो । संगठित रुपमा तत्काल खण्डन मण्डन गर्नु पर्ने विषय र विचार प्रकाशित गर्न पाइएन । चामल पनि बेच्ने कलाका अभावमा एमालेले अपेक्षित चुनावी नतिजा प्राप्त गर्न सकेन ।

पार्टी र सरकारले गरेका तमाम कामहरुको सातपत्र मुनिको सूचनाको अभाव हुँदा अगुवा नेता र कार्यकर्ताहरु कुहिराको काग बनेका छन् । विगत स्थानीय तहको निर्वाचनमा टोलटोलमा अगुवा कार्यकर्ता र लेखकहरुका ससाना समूह बनाएर एमाले पार्टी र ओली सरकारले गरेका विभिन्न रचनात्मक कामहरुबारे आफैँ सुसूचित हुने र सुस्पष्ट हुँदै जनअभियानमा लाग्ने अभियान सुरु गरिएको थियो र यसको पहल इटहरी र सुनसरीमा सुरु गरियो । यो एकदम प्रभावकारी पनि भयो । तर जनता बहुमुुखी क्याम्पसको प्रमुख भएर इटहरी भरि सुपरिचित बहुआयामिक बौद्धिक व्यक्तित्व र अनेम संघ,इटहरी नगर,जिल्ला र केन्द्रमा रहेर क्रियाशील जनप्रिय इटहरी निवासी नेतृ मिथिला पोखरेललाई इटहरी नगरको चुनावमा पूरै पन्छाइयो । भण्डारी र गौतमका खोटी व्यवहारका कारण नगर निर्वाचनमा एमालेको सर्मनाक हार पनि भयो । नगर प्रमुखका एमाले उम्मेद्वारको हार हुँदैछ भन्ने जान्दाजान्दै पनि पार्टीका सबै प्रतिभा र प्रभावलाई घरलौरी परिचालन गर्न सकिन्थ्यो, गरिएन । जिल्ला अध्यक्ष गौतमलाई नगर प्रमुखमा उम्मेद्वार बनाउन ज्यान फालेर लागेका कारण उनले प्रचारमा उतिको रुचि लिएनन् । चुनावका बेला सशक्त महिला र पुरुष बौद्धिक कमरेड जनताका बीचमा जाँदा तिनको प्रभाव बढ्छ भन्ने त्रास एकाध खोटी नेतामा रह्यो । विपक्षीका अनेक भड्काउमा कार्यकर्ता र मतदाता पर्छन् भन्ने जान्दा जान्दै पनि ती ती क्षेत्रमा सम्बन्धित समुदयका नेताले भएर भेटेर गम्भीर र प्रभावकारी प्रचार गरिएन । यसले गर्दा कतिपय ठाउँमा झिनो मतअन्तरले हार व्यहोर्नु प¥यो । सुनसरी २ को निर्वाचतनमा भगवती चोधरीको जीतमा असन्तुष्ट कांग्रेसी मतदाता निर्णायक बने ।

भ्रमित कार्यकर्ता हारको मूल कारण
यसपालाजस्तो पार्टी अध्यक्षले गरेको भविष्यको आकलन गलत भएकै थिएन । यसको एक मात्र कारण भुईँ तहका पार्टीगत समस्याहरु अध्यक्षसम्म नपुग्नु र नपु¥याउनु नै हो । सत्य बोल्न पनि आँट नै चाहिन्छ । सतही प्रचार प्रसार भन्दा सातपत्र मुनिको सूचना र जानकारी आम कार्यकर्तामा अपरिहार्य हुन्थ्यो । यसका अभावमा अत्यधिक एमाले कार्यकर्ताहरुले स्वतन्त्र समूह र पार्टीलाई मतदान गरे । तिनमा दुई पटक संसद् विघटन गरेको,विकल्प हुँदाहुँदै नेकपाको सरकार गिराएको, राप्रपा वा राजावादी सित चुनावी तालमेल गरेको,एकीकृत कम्युनिस्ट पार्टी विभाजित गरेको,भुसाल र रावललाई उम्मेदवारी नदिएको जस्ता विषय पार्टी अध्यक्षको कमजोडी भन्ने बतासे कुप्रभावले जवर्जस्त प्रभाव प¥यो । माओले नेताले मात्र सिद्धान्त र राजनीति बुझेर हुन्न तमाम नेता र कार्यकर्ताले बुझ्नु जान्नु पर्छ भन्ने कुरालाई पूरै बेवस्ता गर्दा हार व्यहोर्नु प¥यो ।

नेता द्वय सुरेन्द्र पाण्डे र विष्णु रिजालले एक टेलिभिजन वार्तामा अधिक एमाले कार्यर्ताहरुले घण्टीमा मतदान गर्दा धेरै ठाउँमा हार व्यहोरेको सत्य प्रकट गर्नु भयो ।

त्यति मात्र होइन छिटफुट र कहीँ कहीँ पार्टीका नेता र कार्यकर्ताले पार्टीका उम्मेद्वारलाई अन्तर्घात गरे । पार्टी उपसचिव तथा सबै हिसावले अत्यन्त इमान्दार नेता प्रदीप ज्ञवालीको हार दुःखद् रह्यो । पार्टी महासचिवको हारमा उपल्लो तहको नेतृत्व तहकै अन्तर्घात रहेको यस लेखकको अनुमान छ र नत्र रुपन्देही जिल्ला पार्टीले पूर्व निर्णित अनुमोदित प्रदेश राजधानीका विषयमा कसको इसारामा भड्काउ निर्णय ग¥यो । खराबीको विजयका लागि असल मानिसले केही पनि नगरी बस्नु हो भन्ने एडमण्ड बर्कको भनाइ एमालेमा टड्कारो देखियो । अझ एमाले र ओली नेतृत्वका सकार उल्लेख गर्दा इटहरी लगायतका एमाले बौद्धिक भनिने कार्यकर्ता र नेताले नै यस लेखकलाई चाकर वा भक्तसम्म भन्न भ्याए । गुणीजनले गुणको कदर गर्नु पर्छ भन्ने बुझेर पनि गोबर र गुहु दुवै असल भन्नु पथ्र्यो पनि भनेको सुनियो । घर खरानी बनाउने र घरको जगेर्ना गर्नेका बीचको फरक नदेख्ने जण्डिसे बुद्धिजीवीसित कुनै पनि तर्कले काम गर्दैन । यस्तै खालको आरोप लेखक तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका केन्द्रीय उपाध्यक्ष आरसी न्यौपाने समेत व्यहोरेका छन् । गठबन्धन पक्षधर कार्यकर्तामा बरु वर्ग पक्षधरता देखियो तर एमालेमा यो पक्ष खस्किएको स्पष्ट भयो ।
उम्मेद्वार नेताको कमजोर विगत
जनताको बहुदलीय जनवादले जनताको मन जितेर राजनीति र राजकीय नेतृत्व हासिल गर्नु पर्छ भनेको देखिन्छ । तर समग्रतामा जनताको मन जित्ने सोचका साथ कतिपय नेताले काम गरेको देखिन्न । देश र जनताको हित र उत्थानमा विकास निर्माणका काम गर्ने पर्छ तर त्यसका आधारमा मात्र चुनाव जितिँदैन । चुनावमा उम्मेद्वार हुने नेताको व्यवहार,बोलीचाली, आनीबानी र आचरण पनि महत्वपूर्ण हुन्छ । सबै हिसावले जनताको मन जित्ने काम नगर्दा कतिपय नेताले चुनावमा हार व्यहोर्नु परेको देखियो ।
उम्मेद्वारको ठस्के स्वभाव
जनवादी केन्द्रीयता नाममा नोकरसाही व्यवहारले पार्टी सञ्चालन गरेजस्तो उम्मेद्वार भएर जित्न सजिलो हुँदैन । यही स्वभावमा बानी परेकाले आम मतदाताको मन जित्न सक्तैन । यही लेखकले धेरै नेतालाई धेरै पटक ठस्के अनुहारका देखे भेटेको छ र यस्ता स्वभावका बारेमा यस लेखकले सुझाव दिँदा नै नेता आफूसित रिसाएको पाएको छ । चुनावी अभियानका बेला उम्मेद्वारको प्रचार शैलीका कमजोरी समीक्षा हुँदैन,। अनि गल्तीमाथि गल्ती हुनजान्छ । उम्मेवार नेताका ठस्कान बेहोराबाट बुद्धिजीवी,कवि,लेखक तथा कलाकारहरु आजित भएका छन् । यस्ता बेहोराले त घरपरिवारको पनि मन जित्न सकिन्न अरुको त कुरै छाडौँ । एउटा मुस्कान र मिजासबाट लाखौँ मुस्कान पाइन्छ । साँच्चो मुस्कानमा सम्पूर्ण मुहार हाँस्छ । तर चुनावका मुखमा मात्र गरिएको र गर्न खोजेको मुस्कान मात्र नाटक होइन नौटङकी हुन्छ । एउटा उम्मेद्वारको मुहार प्रायः हँसिलो र रसिलो हनुपर्छ, भोट दिउँदिउँजस्तो लाग्ने हुनुपर्छ जबजले यही भन्छ । ठस्कान सेवाका नेता चुनावमा सदा असफल हुन्छन् ।
तथापि मात्रात्मक रुपमा एमाले प्रति जनआधार उर्लिएको देखिन्छ । तर यसलाई सबै हिसावले स्थिर,सबल, सशक्त,चुस्त र दरुस्त बनाउने काममा केन्दित हुनुपर्छ पार्टीलाई एउटै लयमा हिडाउने प्रयत्न गर्दा नहुने कुनै कारण छैन । आन्दोलनलाई भुई तहदेखि सशक्त बनाइएन वा यसलाई भौतिकीकरण गर्ने गम्भीर प्रयत्न गरिएन भने एमालेका लागि गम्भीर संकट फस्ने देखिन्छ ।