२ मंसिर २०८१, आइतबार 1731889652
Banner

यी हुन समानुपातिकतर्फ प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचित सांसद (सूचीसहित)

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधि सभामा निर्वाचित सांसदको नामावली सार्वजनिक गरेको छ ।

आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत विभिन्न ७ दलबाट निर्वाचित ११० जना र सात वटै प्रदेश सभामा विभिन्न दलबाट निर्वाचित २२० जना सांसदको नामावली सार्वजनिक गरेको हो ।

समानुपातिकतर्फ ११० सिट मध्ये सबैभन्दा बढी नेकपा एमालेले ३४ सीट, नेपाली कांग्रेसले ३२ सीट, नेकपा (माओवादी केन्द्र)ले १४ सीट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सीट, जनता समाजवादी पार्टीले ५ सीट र जनमत पार्टीले ५ सीट प्राप्त गरेको छ ।