३ मंसिर २०८१, सोमबार 1731911440
Banner

विश्वकप फुटबल तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा हुँदैछ।

खेल कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार बेलुकी ८ : ४५ बजे सुरु हुनेछ ।

पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएको थियो।

दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गरेको थियो।

मोरक्को र क्रोएसियाले समूह चरणमा पनि प्रतिस्पर्धा गरेका थिए। तर खेल गोलरहित बराबरीमा सकिएको थियो।

फाइनल खेल भने अर्जेन्टिना र फ्रान्सबीच आइतबार हुदैछ । फाइनल खेल भएसँगै कतार विश्वकपको समीकरण पूरा हुनेछ।