.. अन्तिम घिटीघिटीमा देश
…देश त निभ्ने बेलाको बत्ती जस्तो धिपधिप गर्न लागेको छ …। सौरभ
उक्त कुरा सुप्रसिद्ध लेखक सौरभले एक टेलिफोन सम्बादको भलाकुसारीमा यस लेखकसित यही पुस १ गते भन्नु भयो ।
सूचना प्रेश अनलाइनकी प्रधान सम्पादक कविता अधिकारीले एक अन्तर्वार्तामा केही दिन अघि मलाई नै नेपाल विकसित नहुनु र अस्ट्रेलिया विकसित हुनुको कारण सोधेकी थिइन् । मोटो जवाफमा मैले अस्टे«लियाको दक्षिणमा भारत छैन र उत्तरमा चीन छैन, तर नेपाल चाहिँ दुवै देश छन् । उहिल्यैदेखि यी दुवै साँढेको जुधाइमा नेपाल पर्ने गरेको छ र तिनले देश जनताको भलो गर्न चाहने पूर्वराजा महेन्द्र,वीरेन्द्र,जननायक बीपी कोइराला र जननेता मदन भण्डारी, केपी ओली आदि कसैलाई पनि बाँकी राखेनन् र राख्तैनन्,काम गर्नै दिँदैनन् । तिनले नेपालमा आफ्ना प्यादाहरु मार्फत् आफू अनुकूल शासन गरे र गर्छन् र अन्तमा नेपाललाई भड्खालामा हाल्छन् । अहिले यही परिस्थिति बनाउन प्रयत्नशील रहेको देखिन्छ । तर सबै पार्टी र नेता चोर हुन् भन्ने अत्यन्त गलत मनोविज्ञान सिर्जना गर्न बाह्य र आन्तरिक शक्ति तथा कतिपय कथित बुद्धिजीवी र पत्रकार पनि लागि परेका छन् र तिनीहरु देशलाई नै कुहिराको काग बनाउन ज्यान दिएर लागेका छन् ।
तन्त्र जोगाउने कि देश ?
राजतन्त्र,प्रजातन्त्र,गणतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र र अझ समाजवादोन्मुख तन्त्र जोगाउने कि देश बचाउने यो अहिलेको गम्भीर र अत्यन्त संवेदनशील प्रश्न बनेको छ । बाह्य शक्तिलाई नेपालको हित चाहिएको छैन र तिनलाई उपयुक्त कुनै तन्त्र चाहिएको छैन । तिनको मूल ध्यान नेपाललाई फुटाउने, लडाउने एक आपसमा अनेक निहुँमा रक्तपात गराउने मात्रै रहेको स्पष्ट हुन्छ । देश रहे मात्र कुनै पनि तन्त्र रहला, कायम होला नत्र कुनै पनि तन्त्र कसरी कुन आधारमा रहला ? त्यसैले देशलाई सर्वोपरि राख्ने शक्ति,समूह र व्यक्तिहरुको सुदृढ एकता अपरिहार्य देखिन्छ । देश बचाउने र जोगाउने सर्तमा कुनै पनि तन्त्र स्वीकार्न सकिन्छ, र सक्नुपर्छ । आग्रह पूर्वाग्रह र दुराग्रह राखे देश चाहिँ जोगाउन सकिन्न ।
तीनकरोड जनताको जन अदालत अपरिहार्य
केही समय अघि ने.क.पा. एमालेका अध्यक्ष तथा प्रर्व प्रधानमन्त्री ओलीले आवश्यक प¥यो भने अब १०,२० जनाको होइन तीन करोड जनाताको जनअदालत गठन गर्नुपर्ने हुन सक्ने कुरा बताउनु भएको थियो । यस्तो अत्यन्त सान्दर्भिक र मार्मिक विषय बुझ्ने एमाले नेता र कार्यकर्ता अत्यन्त कम छन् मेरा नजरमा । किनकि चामल पनि बेच्ने कला र गला नभएका एमाले नेताको ठूलो डप्फा पार्टीमा छ । माओले भनेझैँ नीति, सिद्धान्त र राजनीति नेताले मात्र बुझेर हुँदैन तमाम अगुवा कार्यकर्ताले बुझ्नु पर्छ । त्यसका अभावमा आफूसित भएको बास्मती चामल पनि एमाले नेताले बेच्न सकेनन् । त्यति मात्र हो र आफ्नो बास्मती चामल अर्थात् घनश्याम खतिवडालाई बाटामा हु¥र्याए,हराए वा पोखे । चरम जातिबादी उपल्ला नेताले नै खतिवडालाई हराए । पार्टी अध्यक्ष सित दमकमा लावती थरि नगर प्रमुख सहित खतिवडाको विकल्प खोज्न गएको यस लेखकलाई थाहा छ । आफ्नो प्रस्ताव अस्वीकृत भएपछि चुनावमा अन्तर्घात हुनसक्ने कुरा स्वतः आकलन गर्ने विषय हो । चरम जातिगत संकीर्ण चेतले के सम्म गर्छ भन्ने पनि नबुझेपछि हार व्यहोर्नु परेको स्पष्टै छ । यस्तै अति संकीर्ण जातीयताका कारण भोजपुरमा हार व्योहोर्नु परेको देखियो । समग्रमा पार्टी अध्यक्षलाई नै भुइँ तहमा भुसमा सल्किएको आगोका लप्का नेताले जानकारी नगराउँदा निक्कै सकस परेको देखियो । अझै पनि समस्यालाई गम्भीर रुपमा नलिने हो भने समस्या अझ गम्भीर बन्ने निश्चित देखिन्छ ।
अब पुरानै गठबन्धनको टालाटुली बटुली सरकार बन्नेछ र यसले चरम जनघात र राष्ट्रघात गर्ने निश्चित छ । यस्तो सरकार बन्नु नै हुँदैन र एक दिन पनि यसले काम गर्दा देश र जनताको पिहत विरुद्ध गम्भीर आघात पर्छ । प्रतिपक्षले जति कराए, चिच्याए पनि बाह्य शक्तिको टेकोपुँडोको सरकारले टेरपुच्छर लगाउने छैन । त्यसैले एउटै विकल्प तीन करोड जनताको जनअदालत मार्फत् शान्तिपूर्ण रुपमा सडकमा आउने बाहेक अर्को विकल्प छैन तर यस्तै परिस्थिति निर्माण भई त्यसैमा पसेर देशलाई ध्वस्त पार्ने कुनियतबाट सतर्क पनि हुनुपर्छ ।
कथित कम्युनिस्टबाट सतर्कता जरुरी
भारतका विरुद्ध हामी केही गर्दैनौ भनेर तमसुक गरी दायाँम्वायाँ ल्याप्चे लगाउने नामका कम्युनिस्टबाट एमाले र ओली बहुत होसियार हुनुपर्छ । देशको नाम, झण्डा फेर्न उद्यत देशको गौरवशाली इतिहास र समृद्ध संस्कृति फोर्ने र समाप्त पार्ने कसम खाएकाहरुसित काम गर्दा फुकीफुकी पाइला चाल्नु पर्छ । त्यस पार्टी भित्रका असल तत्वहरुको साथ सहयोग जरुरी हुन्छ । नत्र देश नै सिध्याउने नियतका मानिसले कसलाई बाँकी राख्छन् बहुत होस गर्नु पर्छ । रह्यो डा. उपाधिधारी बाबुृराम भट्टराई तिनी बाह्य डिजाइनमा अब राष्ट्रपति बन्ने तरखरमा छन् भनिन्छ । अरुले बनाइदिएको राष्ट्रपति नेपाल र नेपालीका लागि कामै लाग्दैन । यस्तै काम नलाग्ने जन्तुलाई पनि भविष्यमा राष्ट्रपति बनाउन पाइन्छ भनेरै दरवार हत्याकाण्ड रचिएको हो । भट्टराईकी पत्नी हिसिला यमी नै होइनन् चिच्याचिच्याइ नेपाल देशलाई खाचरिज गर्नु पर्छ भन्ने ? भट्टराईको परिवार नै राष्ट्रविरुद्ध छ । अनि यस्ताबाट देशको एकसिन्को भलो हुने काम हुन्छ र ? त्यसैले कदाचित सरकार बनाउन सहकार्य गर्नै प¥यो भने तिनलाई चटपटाउन नै नदिने गरी बाध्नु पर्छ । मत्ताहात्तीलाई तहलगाउन र दाउन माउते एकदम चनाखो हुनुपर्छ । जस्तो कि ओलीले तिनलाई पहिले तह लगाएरै छाड्नु भयो ।
कालोकोटेले देश डुवाए
पैसाका भरमा कालोलाई सेतो र सेतोलाई काले भन्न बानी परेका अधिकांश कालाकोटेहरु देशका कलंक नै सावित भए । तिनले थाहा पाइपाइकन ओलीले बाध्यात्मक रुपमा गरेको संसद् विघटन विरुद्ध पैसाको बिटोमा लोभिएर बहस पैरवीका नाममा अत्यन्त निकृष्ट हर्कत गरे ,तिनले महामहिक राष्ट्रति विरुद्ध आमा चकारी गाली गरे ।
ओलीलाई बाह्य शक्तिको भरिया भएर तिनले प्रतिगामी भनेर परमादेशी सरकार बनाएका कारण अहिले त्रिशंकु सरकार बन्ने अवस्था सिर्जना भयो । नत्र देशले यस्तो नियति भोग्नु पदैनथ्यो । कालाकोटेहरुको नग्न नृत्य आपसमा हातपाउ सहित भिडन्त अदालत परिसरमा देख्नु प¥यो । तैपनि निर्वस्त्र भएर जघन्य अपराध वापत थुनामा रहेका चौेधरीका पक्षमा एक संग्रौला थरि कालाकोटे पाडा गोहीका आँसु चुहाउँदै थिए ।
सशक्त बौद्धिक हस्तक्षेप अपरिहार्य
बेलाको बोली र मौकाको काम मात्र कामयावी हुन्छ । मिडियामा देखिने र देखा पर्ने र भाइरल बनेका मात्र बुद्धिजीवी, प्राज्ञ र विश्लेषक होइनन् । मिडियामा आउनेहरु पनि स्वतन्त्र चिन्तन राख्ने राष्ट्रका पक्षधरहरु छन् । सबैका मनमा देश संगीन संकटमा परेको बेला केही न केही देशका लागि गरौँ भन्ने व्याप्त देखिन्छ । त्यस खालको सघन भावनाका बौद्धिक र सचेत समुदाय पर्याप्त छन् । यस्ता विषयमा हाम्रो पहल प्रयत्न कमजोर रहेको कुरा सौरभसित यस लेखकको रहेको थियो । कम्तीमा देशलाई केन्द्र बिन्दुमा राखेर केही गरौँ भनेको थिएँ । सौरभले एक अन्तर्वार्तामा गम्भीर निराशा व्यक्त गरेकामा मैले उहाँसित आक्रोष मिश्रित अनुृरोध गरेको थिएँ । भित्री वा बाहिरी राष्ट्रविरोधीहरु सित हामी सबै एकढिक्का भयौँ भने त्यही शक्तिले तिनलाई परास्त गर्न सक्छ , गरिन्छ किनकि हाम्रा अनुभवी पुर्खाहरुले सय थुकी नदी त्यसै भनेका होइनन् । १०४ वर्ष,२० वर्ष र ५ वर्ष बोलेर लेखेर आम जनतालाई अगाह गरेर राणा शासन,पन्चायती शासन र माओवादी शासन ठेगान लगाएको यथार्थ हाम्रा सामु छ । त्यसैले कला र गला मिलाएर सत्य तथ्य बोल्ने हो भने परिवर्तन अपरिहार्य रहेको छ ।
एमालेकै अग्रसरता अपरिहार्य
देश व्यापी जनाधार र पार्टी संगठन तथा मर्चा संगठनको सन्जाल भएको पार्टी एमाले नै हो । माधव नेपालको नेतृत्व भएको भए यो पार्टीमा मण्डलेकरण हावी र प्रभावी हुन्थ्यो र पार्टी एकवर्ष अघि नै सबै हिसावले समाप्त प्रायः हुन्थ्यो । तर अहिले पनि यस पार्टीमा विगत विकृतिको विरासद व्याप्त देखिन्छ । पार्टीमा सुद्धीकरण र सुदृढीकरण गर्नु अपरिहार्य छ । नत्र पार्टी संगठन सबै हिसावले अत्यन्त अस्तव्यस्त देखिन्छ । यसको एउटा उदाहरण सुनसरी हो । केन्द्रीय सदस्य गौतम र जिल्ला अध्यक्षको मिलिभगतमा इमान्दार नेता,कार्यकर्ता र बुद्धिजीवीहरु अत्यन्त रुष्ट रहेका छन् । इटहरी नगर इन्चार्ज पनि जिल्ला अध्यक्ष हुँदा नगर पालिकामा प्रमुखमा पार्टीले हार व्यहोर्नु प¥यो । अध्यक्ष नै गौतमलाई नगर प्रमुख बनाउन अन्तिम घडीमा ज्यान फालेर लागे उनले पार्टी उम्मेद्वार बनेका सुब्बालाई हार्ने स्थिति देखाएर नउठ्न दावाव दिए । परोक्ष रुपमा हराउने भूमिकामा लागेका धेर्रै उदाहरण छन् । उनी जनता बहुमुखी क्याम्पस,इटहरीको सन्चाचलक समितिको अध्यक्ष हुँदा उक्त क्याम्पस अस्तव्यस्त रहेको छ । काम नगर्ने तर भएभरको पदको माला आफू र आफ्ना आसेपासेलाई मात्र दिँदा भद्रगोल अवस्था उत्पन्न भएको छ । यस्ता जिल्लामा पार्टीले शक्तिशाली अध्ययन,अनुगमन र निरीक्षण गरी सत्यापन गर्नु पर्ने जरुरी देखिन्छ । कतिपय केन्द्रीय सदस्यहहरुलाई जिल्लान्तर गरी खटाउनु पर्ने देखिन्छ । सुनसरी पार्टी अध्यक्ष पाँच वर्षपछि हुने नगर पालिकाको अध्यक्षको निर्वाचनमा आजै र अहिल्यैदेखि गौतमको सुलसुले पारामा प्रचार गरिरहेका छन् । पार्टी नेतृत्वले भुईँ तहका गम्भीर वैचारिक,सैद्धान्तिक,सांगठनिक तथा नैतिक गम्भीर विचलनलाई बेलैमा सच्याउने प्रयत्न गर्नु पर्छ । यसो गरिएन भने असाध्य रोगले पार्टी थला पर्ने निश्चित देखिन्छ । क्यान्सरले जकडेपछि उपचार असम्भव हुन्छ ।
दूधमा अलिकति गोबर मिसियो भने घिउमा पितिक्क गुहु मिसियो भने त्यो दूध र घिउ हुँदैन । माओले भनेझैँ सदा इमान्दार सदा सदाचार र सदा सही समानुपतिक सभासद् बनाउन ध्यान दिइएन भने राजनीतिमा विकृतीकरण र भ्रष्टीकरण हुनबाट कसैले बचाउन सक्तैन । यस्तो भयो भने भएको र पाएको पातलो जनविश्वास स्वात्तै घट्छ । जव जनता पार्टी प्रति विमुख हुन्छन् पार्टी मात्रै होइन देश नै गम्भीर संकटमा पर्छ ।