२ मंसिर २०८१, आइतबार 1731895384
Banner

सरकार गठन र संसदीय दलको नेता चयनको बिषयमा छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्र्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ ।

बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने माओवादी महासचिव देव गुरुङले जानकारी दिए ।

माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित छ । माओवादीले आफ्ना अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । तर, हाल कायम पाँच दलीय गठबन्धनभित्र सहमतिका आधारमा सरकारको नेतृत्व गर्नेबारे छलफल भइरहेका बेला माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।