काठमाडौं । सर्वोच्च अदालतले केन्द्रीय कारागार सुन्धारामा कैद सजाय काटिरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको छ।
बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले अन्य मुद्दामा थुनामा बस्न नपर्ने भए आजैदेखि कैद मुक्तगर्न आदेश दिएको छ । उनलाई पन्ध्र दिन भित्र आफ्नै देश फर्काउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो।
शोभराजलाई जिल्ला अदालत भक्तपुरले २८ मंसिर २०३२ मा भएको अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र त्यसको तीन दिनपछि भएको क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो । ७८ वर्षका वृद्ध शोभराज १९ वर्षदेखि कैद सजाय भोगिरहेका छन् ।