काठमाडौँ – प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहणभन्दा पहिले नै संसद्का ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सर्वदलीय बैठक बोलाउनु भएको छ ।
बिहीबार १ बजे शपथका लागि प्रतिनिधिसभाकाे बैठक बाेलाइएकाे छ । त्यसअघि १२ बजे संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई सर्वदलीय बैठकमा बाेलाइएकाे हो।
संसद् सचिवालय स्राेतका अनुसार १२ राजनीतिक दलबाट १-१ जना र ५ स्वतन्त्र सांसदहरूलाई सर्वदलीय बैठकमा बाेलाइएकाे छ ।
उक्त बैठकमा शपथसम्बन्धी कार्यक्रमकाे ब्रिफिङ गर्ने एक स्रोत जनाएको छ ।
उक्त बैठकमा सांसदहरूलाई सकेसम्म राष्ट्रिय पाेसाकमा आउन या आफ्नाे माैलिक संस्कृति झल्किने पाेसाक लगाएर उपस्थित हुन आग्रह गरिने पनि बताइएको छ ।