३ मंसिर २०८१, सोमबार 1731930442
Banner

देउवा, प्रचण्ड र नेपालबीच छलफल जारी

काठमाडौंं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलका लागि दुई पार्टीका अध्यक्ष बालुवाटार पुगेका हुन् ।

देउवा, दाहाल र नेपालबीच सरकार गठन लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताएका छन् । त्यसअघि बसेको पार्टीको पदाधिकारी र संसदीय दलको बैठकमा प्रचण्डले सरकार गठनबारे छलफल हुने बताएका थिए ।